Friday, 1 May 2020

समाबेशिकरण भनेको के हो ? यसको आयाम बारे चर्चा गर्नुहोस । (५+५)

समावेशीकरण भनेको के हो ? यसका क्षेत्रहरु संक्षेपमा उल्लेख गर्नुहोस् । प्रश्न : समावेशीकरण भनेको के हो ? यसका क्षेत्रहरु संक्षेपमा उल्लेख गर्नुहोस् । (2+3) उत्तरः समावेशीकरणको परिभाषाः समावेशीकरण राज्य संयन्त्रमा सबैको सहभागिता हो । समावेशीकरणले राज्य सञ्चालनका हरेक क्षेत्र एवम् अंगहरुमा सवैको सहभागितको वकालत गर्दछ । महिला, दलित, गरिब वा पछाडि परेका वर्ग वा समुदायलाई राज्यको नीति निर्माण, निर्णय प्रक्रिया एवम् कार्यसम्पादन प्रक्रियामा अर्थपूर्ण सहभागी गराउने कार्य नै समावेशीकरण हो । यो सुशासनको एक पूर्व शर्त हो । समावेशीकरणका क्षेत्रहरुः – राजनीतिक क्षेत्रः राजनीतिक दल निर्वाचित एवम् मनोनयन हुने विभिन्न पद, मन्त्री आदिमा समावेशीकरण गर्न सकिन्छ । – प्रशासनिक क्षेत्रः निश्चित समयसम्म प्रशासनका पदहरुमा समावेशीकरण गर्न सकिन्छ । आरक्षण, सकारात्मक विभेद आदिको व्यवस्था गरेर यो गर्न सकिन्छ । – आर्थिक क्षेत्रः कर छुट, ऋण सुविधा, भूमिको न्यायोचित वितरण, सामाजिक सुरक्षा आदिको व्यवस्था गरेर समावेशीकरण गर्न सकिन्छ । – सामाजिक क्षेत्रः सामाजिक सुरक्षा, रोजगारी, सामाजिक विभेद एवम् हिंसाको अन्त्य गरेर समावेशीकरण गर्न सकिन्छ । – शैक्षिक क्षेत्रः निःशुल्क शिक्षाको व्यवस्था, पोशाक एवम् पुस्तक वितरण आदि मार्फत समावेशीकरण वढाउन सकिन्छ । सारांशमा भन्नुपर्दा, राज्य प्रणालीमा सबैको पहिचान, प्रतिनिधित्व, प्रतिष्ठा एवम् पहँच बढाउने एउटा नविनतम अवधारणा का रुपमा समावेशीकरणलाई अघि सारिएको छ । यही मान्यतामा आधारित भएर नेपालमा यसलाई अवलम्वन गरिएको छ । समानुपातिक प्रतिनिधित्व, सकारात्मक विभेद, आरक्षण, सशक्तिकरण, लक्षित कार्यक्रम आदिको व्यवस्था गरी यसलाई व्यवस्थित गर्न खोजिएको छ ।

No comments:

Post a Comment